काठमाडौं–१४ मा सडक भासियो, घरहरु जोखिममा
काठमाडौं, असोज १८ । अविरल वर्षाका कारण काठमाडौं महानगरपालिका–१४ स्थित कोहिनुर हाउजिङ नजिकै सडक भासिएको छ ।
आज बिहान करिब ९ बजे करखुसी खोलाको किनारमा पहिरो जाँदा सडक भासिएको हो । जसले गर्दा सडक छेउका घरहरू उच्च जोखिममा परेका छन् ।
घटनालगत्तै काठमाडौं महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको टोली घटनास्थलमा खटिएको छ । थप क्षति हुन नदिन र नदी कटान रोक्न बालुवा भरिएका बोरा र ग्राभेलको प्रयोग गरी अस्थायी तटबन्ध निर्माण गर्ने प्रयास भइरहेको छ ।
प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार












