कपिलवस्तुमा बस दुर्घटना एकको मृत्यु, २२ जना घाइते



कपिलबस्तु, १८ असोज । शिवराज नगरपालिका १, वनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना  भएको छ । दुर्घटनामा परी  एकजनाकाे मृत्यु भएकाे छ भने २२ जना घाइते भएका छन् । 

धनगढीबाट काठमाडौं जादै गरेको ना.८ ख ५७०३ नम्बरको बस कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ वनकसवासामा दुर्घटनामा हुँदा डोटीको दिपालय नगरपालिका वडा नम्बर १ कि सरस्वती खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ख ५७०३ नम्बरको बस बिहान करिब ६ बजे अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिएको छ । बसमा करिब ४० जना सवारमध्ये २२ जना घाइते भएको उहाँको भनाइ छ । 

घाइतेलाई उपचारका लागि चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । 

घटनास्थलमा प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार तथा आवश्यक कारबाही गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्