आफैले बनाएको बल ब्याट हुँदै राष्ट्रिय टोलिको यात्रा


 


हामीसँग त्यसबेला त्यस्तो कुनै सुबिधाहरु थिएन । बलहरु पनि हामी आफैले आर्टिफिसियल बनाएर खेल्ने गर्थ्यौ । ब्याटहरु पनि काठको बनाएर खेल्ने गर्थ्यौ । जब उसले राम्रो खेल्न थाल्यो अनि अलि पछि चाँही प्रदिप एरि (खेलाडी) हाम्रो अन्कलको छोरा हो । उसले खेल्न ल्याएका बल ब्याट किट्सहरु बाट खेल्न थालेको हो ।

नेपाली क्रिकेटमा उदाउँदा खेलाडी आजभोलि समर्थककाबिच चर्चाकाे  शिखरमा रहेका नेपाली राष्ट्रिय खेलाडी दिपेन्द्रसिं ऐरिको बाल्यकाल, उनको क्रिकेटप्रती लगाव, संघर्षको बारेमा उनका सहोदर दाजु रमेश ऐरि सँग देशको न्युजको लागि  खिलाराज नेपालको सहयोगमा  विशाल पोखरेलले गरेको टेलिफोन सम्बादमा आधारित संवाद

दिपेन्द्र ऐरि कहिलेबाट बल ब्याट को पछाडी कुद्न लागेका हुन ?

दिपेन्द्र गाउँको परिवेशमै हुर्कँदा क्रीकेटसँग सम्बन्ध स्थापित गर्न पुगेको हो । हामी दाजुभाइको  साथमा टोलछिमेकका साथीहरुसँग खेल्न सुरु गरी क्रिकेटमा कदम राखेको हो भाइले।

स्कुल लेभल क्रिकेटमा पनि सक्रिय रहँदै आएको थियो । यसैक्रममा उस्ले  प्याब्सन कञ्चनपुरले आयोजना गरेको स्कुल स्तरिय टुर्नामेन्टको आफ्नो पहिलो खेलमै शतकिय पारी खेलेर हामी  परिवारलाई क्रिकेटबाटै आफूले नाम राख्न सक्ने भरोसा दिलाए ।

दिपेन्द्रको सोहि शतकिय पारीले उसलार्इ  कञ्चनपुरका क्रिकेकप्रेमीमो नजरमा पार्यो । यसरी आफ्नो क्षमतालाई देखाएर भाइ आज कञ्चनपुरका लागि मात्र नभई सिङ्गो राष्ट्रकै लागि गर्वले शिर उचो पार्ने पात्र बनेको छ ।

क्रिकेटमा उनलार्इ के ले आकर्षित गरायो जस्तो लाग्छ ? सायद उनले भनेका पनि होलान ?

भारतको सिमाना नजिक घर भएको हुँदा भाइले  भारतीय क्रिकेटमै रुची दियो र मैले पनि भारतीय क्रिकेट हेर्ने गर्थे । उ महेन्द्र सिं धोनीको खेलबाट सार्है प्रभावित देखिन्थ्यो र उसकाे सिको गर्ने गर्थ्यो।

बल ब्याट बोकेर क्रिकेटको पछि कुदिरहदा उसकाे भबिष्यप्रति परिवार कत्तिको चिन्तित थियो ?

उ (दिपेन्द्र) सानै थियो । सुरु सुरुमा जब हामीहरु क्रिकेट खेल्थ्यौ, हामीले  घरबाट धेरै गाली पनि खाइयो । कुटाइ पनि खाइयो । घरको आगनमै खेल्दा धेरै नोक्सान पनि गरियो ।

हामी सँग सँगै उसले पनि बिस्तारै क्रिकेट खेल्न थाल्यो । हामी ३ भाइ भएको हुँदा पनि हामीहरुलाई क्रिकेट खेल्न बाहिर ग्राउन्ड तिर गर्इ राख्न पनि नपर्ने । ३ भाइ मिलेर घरको आगनमै  खेल्न शुरु गरिहाल्थ्यौ ।

घरबाट यो खेलेर के हुन्छ ? किन खेल्छौ ? खेलेर काम छैन बरु किताब लिएर पढ भन्ने जस्ता कुराहरु आमाबुवाबाट अाउँथ्याे । घरबाट त्यस्तो कुनै सकारात्मक कुराहरु थिएन ।

विशेष गरी बुवाको यसमा सपोर्ट थिएन । आमाले त खासै केही भन्नू हुन्थेन । बुवाले यसले यो खेलेर के पाउँछ ? भबिष्यमा के गरेर खान्छ भन्ने जस्ता किसिमको चिन्ता गर्नु हुन्थ्यो ।

स्वभाविक रुपमा सबैको आमाबाबुको सन्तानप्रतिको चिन्ता हुन्छ नै त्यस्तै  हाम्रो परिवारमा  पक्कै थियो । तर पनि  बिस्तारै उसले यसरी क्रिकेट खेल्दै सिक्दै गयो ।

उसलाइ अभ्यास तथा खेलको सुबिधा कस्तो थियो ? कति संघर्ष गरे केही अनुभव बताइदिनुस न ?

हामीसँग त्यसबेला त्यस्तो कुनै सुबिधाहरु थिएन । बलहरु पनि हामीले आफैले आर्टिफिसियल बनाएर खेल्ने गर्थ्यौ । ब्याटहरु पनि काठको बनाएर खेल्ने गर्थ्यौ । जब उसले राम्रो खेल्न थाल्यो अनि अलि पछि चाहिँ  प्रदिप एरि (खेलाडी) हाम्रो अन्कलको छोरा हो । उसले खेल्न ल्याएका बल ब्याट किट्सहरुबाट खेल्न थालेको हो ।

खेल्नको लागि हामिसँग त्यस्तो सामानहरु उपलब्ध हुन्थेन । घरको आर्थिकस्थिति राम्रै भएपनी बुवाले खेल  सामान किन्नका लागि  भनेर त्यसरी  पैसा दिनु हुन्नथ्यो । जब मैले वागिर गर्न थाले अनि मैले सकेसम्म बल ब्याटहरु उसलाई दिने गर्थे ।

पहिलोपटक  भाइले क्रिकेट खेलेर राम्रै गरेछ भन्ने अनुभुति कहिले गर्नु भएको थियो ?

भाइले राम्रो खेल्छ भन्ने कुरो त बिश्वास लाग्थ्यो तर U 19 बिश्वकपको छ्नोट गएको बेला उसलाई  र राजु रिजाललाई इंग्याल्ण्डबाट तालिमकाे लागि मौका आएको थियो र त्यति बेला भाइले राम्रो खेल्छ भन्ने बिश्वास र खुशी  लाएको थियो ।

तर त्यति बेला क्यानमा के कारणले गर्दा भाइ इंग्याल्याण्ड जान पाएन सबैलाई क्यान कस्तो थियो थाहा नै छ । त्यति बेला चाहिँ दुःख लागेको थियो कि भाइले धेरै सिक्ने मौका गुमायो भनेर ।

नेपालमा खेल जीवनमा मात्र केन्द्रित रहेर बाच्न सकिने  अधारहरु देख्नु भएको छ ?

नेपालमा खेलमा मात्र केन्द्रित रहेर अहिलेको नेपालको खेलको सरकार राखेप क्यान निलम्बितलाई हेर्ने हो भने खेलाडीहरुलाई बाच्न गाह्रो छ । सम्बन्धित निकायहरुले खेलाडीहरुलाई नहेर्ने हो भने नेपालमा खेलाडीहरुलाई बाँच्न गाह्रो हुन्छ ।

अहिले पनि मलाई कस्तो लाग्छ भने उसले खेलेरै मात्र सबै कुरा पाउन सक्दैन र कुनै पनि खेलाडीले खेलेर मात्र आफ्नो जीवन जिउन निक्कै कठिन हुन्छ। कुनै खेलाडीको अहिलेको प्रमफेन्स निक्कै उत्कृष्ट रहेको छ भने केही समय पछि उसको प्रफमेन्समा केही गिरावट आयो भने उ टिम बाट नै बाहिर आउने गर्दछ।

त्यसैले पनि कुनै खेलाडी आफ्नो प्रफमेन्समा परिपक्वता ल्याउनको लागि गेमहरु प्रशस्तै हुन पर्यो । नेपाल क्रिकेटलाई हेर्नको लागि सम्बन्धित निकाय को ध्यान जानू पर्यो ।राखेप,क्यान, क्रिकेट बोर्डको स्थापना हुनु पर्यो ।

नेपाली खेलाडीहरुलाई ABCD ग्रेड गरेर उचित तलबको गरेर  प्रशस्तै अभ्यास म्याचहरु गराउन अथवा खेलाउने खेल्ने बाताबरण मिलाउन सम्बन्धित निकायले जोड दिनु पर्यो । तब मात्र नेपाली खेलाडी हरु लाई खेल जीवनबाट बाँच्न सहज हुनेछ ।

एउटा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको खेलाडी बनाउन परिवारको भुमिका कस्तो हुनुपर्छ ?

एउटा खेलाडी  अन्तर्राष्ट्रिय खेलाडी भैसकेपछि, त्यहाँ परिवारको भन्दा  पनि टिमको, कोच र  क्याप्टेनको र सिंगो राष्ट्रकाे भुमिका धेरै र महत्त्वपूर्ण हुन्छ । जब राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरेर नेसनल टिमको प्रतिनिधित्व गर्छ तब राष्ट्र नै सिङ्गो परिवार हुन्छ ।

त्यो पुरै टिम नै उसको परिवार हुन्छ । र, उस्ले कस्तो प्रदर्शन गर्छ त्यो पुरै टिममा असर गर्छ । अन्तर्राष्ट्रिय स्तरमा उस्ले  सिक्ने र सिकलाइ प्रदर्शनमा  परिणत गर्छ, उस्को कमि कमजोरीलाइ क्याप्टेन, कोचले नियालेर सुधार र सुधार गर्ने सुझाव दिने हो ।

त्यसैले उसलाई समर्थन गर्ने माया गर्ने उसको क्षमतालाई बिकास गर्ने पुरै जिम्मेवारी भनेकै सम्बन्धित निकायको हो र त्यो भुमिका  सम्बन्धित खेलको निकायले गर्नु पर्छ ।

बाहिर तिर कम बोल्ने भनेर चर्चामा छन, घरमा कत्तिको खुल्ने गर्छन ? आफ्नो कुराहरु शेयर गर्ने गर्छन ?

हामी तीन भाइ मध्य उ र म लजालु प्रकृतिका छौ । उ धेरै बोल्दैन र अरुले सोधेको कुरालाई मात्र जबाफ दिन्छ । काम परे मात्र उ बोल्छ बुबा आमासँग पनि नत्र धेरै बोल्दैन तर हामीसँग भन्दा साथीभाइहरुसँग धेरै घुलमिल छ भन्ने कुरा उसका साथीहरुले मलाइ भन्छन ।

दिपेन्द्रले अझै सुधार गर्नुपर्ने कुराहरु के–के छन जस्तो लाग्छ ?

सुधार्नु पर्ने कुरा हरु धेरै छ ।  बलिङ, ब्याटिङ दुबैमा परिपक्क भैसकेको छैन । उ धेरै एलबीडब्लू (LBW ) हुन्छ त्यो सुधार्नु पर्छ, ब्याटिङमा लामो इनिङ खेल्न सिक्नु पर्छ ।

बलिङमा आफ्नो  गति बढाउनु पर्छ । आफ्नो  क्षमता अनुसारको बलिङ कसिलो गर्नुपर्ने हुन्छ । उस्ले सिक्दै जानेको कमजोरी जे छ त्यसलाइ आफैले नियालेर सिक्दै जाने हो ।

सिनियर र कोचको सल्लाह अनुसार अझै सिक्नुपर्छ र एकदिन उ सबै कमि कमजोरीलाई सुधारेर अझ राम्रो खेलाडी भएको देख्न अातुर  छौ सारा परिवार ।

अहिले दिपेन्द्र एरिको अन्तर्राष्ट्रिय स्तरमा रहेको प्रदर्शन  घर, छर – छिमेकमा कत्तिको खुसीको माहोल छ? बधाइ र सुभकामनाका ओइरो लागेका होलान हैन त?

अहिले मात्र होइन भाइ पहिले देखि नै जुन प्रतियोगितामा सहभागी हुन्थ्यो सबैमा राम्रो नै खेलेर सबैबाट बधाई धेरै नै आउथे तर अहिले झन धेरै आउने गरेको छ ।अहिले सबैले दिपेन्द्र भबिस्यको स्टार हो भन्दा म अहिले यो मान्दिन भनेर जबाफ दिने गर्छु।

हामिले अहिले नै उस्लाइ स्टार हो भनेर भन्नू भन्दा बाबू तिम्रो सुरुवात राम्रो छ र निकै छाप छोड्यौ तिम्ले सुरुवातमै  र अझ कमि कमजोरीलाई नियालेर आफूले त्यस्मा सुधार गर्यौ भने अझ तिम्ले राम्रो गर्छौ भनेर हौसला दिनु पर्छ जस्तो लाग्छ मलाइ।

नँया प्रतिभाहरु जो क्रिकेटमा आउन चाहन्छन् तपाइको उनिहरुको परिवारलाई के सन्देश छ ?

मानसिक रुपले मात्र सबल भएर हुदैन शारिरिक रुपले पनि स्वस्थ र सबल हुन जरुरी छ । तसर्थ आफ्नो बालबालिकालाई शारिरिक रुपमा सबल बनाउन पनि कुनै न कुनै खेलमा आवद्ध गराउन सके राम्रो हुन्छ भन्ने लाग्छ ।

क्रिकेट नै किन भन्नू हुन्छ भने एक त यसको लोकप्रियता दिन दिनै बढिरहेको छ अर्को नेपालमा यसको स्कोप पनि धेरै नै छ । साथै साउथ एसियाको हावापानी ले नै क्रिकेट खेलाडीलाई साथ दिन्छ ।

अन्तिममा आफ्नो भाइ लगायत सम्पुर्ण राष्ट्रिय क्रिकेट टोलिलाई के भन्न चाहनु हुन्छ ?

अहिले भन्दा धेरै सुधार गर्दै  युवा प्रतिभालाइ अझ उजागर गरेर नेपालले क्रिकेटमा ठुलो फड्को मारेको हेर्ने रहर छ । ODI मान्यता र T 20 मान्यता पाएर अनि  बिश्वकपमा सहभागी हुँदै  नेपालको शिर उच्च राख्दै गोर्खालीको नाम बिश्वभर चर्चामा फेरी अाएको हेर्ने मन छ ।

प्रकाशित मिति: १९ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्