ओमनविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल



काठमाडौं २९ असाेज। आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत खेलमा नेपालले ओमनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमनमा जारी छनोटमा घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

दुई खेलअगावै नेपाल र ओमनले टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

ओमनविरुद्ध नेपालको प्लेइङ-११ रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, आदिल आलम र सोमपाल कामी ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्