पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेजमा आइटीको पढाइसंगै कामको अवसर
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ संकाय र अमेरिका स्थित साइबर सेक्युरिटी कम्पनी रिसेक्युरिटीबीच आईटी र कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूलाई पेड इण्टर्नसिपको अवसर दिने समझदारी (एमओयू)मा हस्ताक्षर गरिएको छ।
सिंहदरबारस्थित एक कार्यक्रमबीच डीन भोलानाथ घिमिरे र रिसेक्युरिटी कम्पनीका बिजनेस हेड राजन राज पन्तले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। उक्त अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया, पदाधिकारीहरू, र हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध निर्देशक गोपीकृष्ण न्यौपानेको उपस्थिति थियो।
बिजनेस हेड पन्तले आईटी जनशक्तिको बढ्दो मागलाई ध्यानमा राख्दै नेपाली विद्यार्थीलाई काम सिक्दै पढ्ने अवसर प्रदान गर्ने उद्देश्यले यो सहकार्य गरिएको बताए। उनले कम्पनीले फ्याकल्टी प्रशिक्षण, साइबर सेक्युरिटीमा नवप्रविधिको जानकारी, र विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान गर्ने प्रतिबद्धता जनाए।
डीन घिमिरेले पूर्वाञ्चल विश्वविद्यालयले साइबर कानुन, डाटा सुरक्षा लगायतका समसामयिक विषयहरू समेट्दै आईटी पाठ्यक्रमहरू तयार गरिरहेको उल्लेख गर्दै, रिसेक्युरिटीसँगको सहकार्य विश्वविद्यालयका लागि कोसेढुंगा सावित हुने बताए। उनले इच्छुक विद्यार्थीहरूलाई आईटी अध्यापन गरिरहेका कलेजहरूसँग सम्पर्क गर्न पनि आग्रह गरे।
यस समझदारीले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत अध्ययनरत आईटी तथा कम्प्युटर इन्जिनियरिङ विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने विश्वास गरिएको छ।
यस अवसरमा रिसेक्युरिटीका बिजिनेस हेड राजन राज पन्तले आफूलाई निकै धेरै संख्यामा आइटी जनशक्ति चाहिने र आइटी पढ्ने विद्यार्थीले काम गर्दै पढ्न पाउने अवसर हुने भएकोले दक्ष जनशक्ति उत्पादन भइ आइटीको विश्व बजारमा बिक्ने अवसर भएको हुंदा युएस स्थित हाम्रो यो रिसेक्युरिटी कम्पनीले पूर्वान्चल विश्वविद्यालयसंग एमओयु गरेको प्रष्ट पार्नुभयो।
त्यसैगरी अब यस रिसेक्युरिटी कम्पनीले फ्याकल्टीहरुलाई तालीम दिने, विद्यार्थीहरुलाई साइबर सेक्युरिटीको बारेमा बिकसित भएका नवप्रविधिको बारेमा ज्ञान दिने लगायत विश्वविद्यालय को हित हुने कुरामा सहयोग हुने भएकोले आइटी पढ्ने विद्यार्थी र अभिभावकको लागि यो एउटा अवसर थप भएकोमा पन्तले खुसी व्यक्त गर्नुभयो।
इन्जिनियरिङ संकायका डीन भोला घिमिरेले इन्जिनियरिङ मात्रै नभएर बिज्ञान तथा प्रविधिको क्षेत्रमा तथा साइबर कानुनको क्षेत्र समेत समेट्ने गरी यस विश्वविद्यालयले आइटी संग सम्बन्धित विभिन्न कार्यक्रमका लागि पाठ्यक्रम तयार गरेकोले यो पाठ्यक्रम कार्यान्वयनको लागि यो समझदारीपत्र कोसेढुंगा साबित हुने भन्दै जुनसुकै कार्यक्रममा अध्ययन गरेपनि आइटीको सामान्य ज्ञान हुनैपर्ने आजको स्थितिमा डाटा सेक्युरिटीको लागि युएसएको प्रतिष्ठित कम्पनी रिसेक्युरिटी संग समझदारी गर्न पाएकोमा खुसी व्यक्त गर्दै यो अवसर उपयोग गर्न चाहाने विद्यार्थीले सम्बन्धित आइटी अध्यापन गराइरहेका कलेजहरुमा सम्पर्क गर्न सकिनेगरी सहजता प्रदान गरिएको पनि वहाँले जानकारी दिनुभयो।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार
















