विपिन जोशीको शव लगियो गृह जिल्ला कञ्चनपुरमा



धनगढी, ३ कात्तिक हमासले हत्या गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका –३ का विपिन जोशीको शव गृह जिल्ला कञ्चनपुर लगिएको छ ।

नेपाली सेनाको स्काइ ट्रकमार्फत कामाडौंबाट धनगढी ल्याइएको विपिनको शव नेपाल प्रहरीकोे स्कर्टिङमा उहाँको घरमा लगिदैँछ । धनगढी उपमहानगरपालिकाको शव बाहनमा घरतर्फ लगिदैँ गरेको शव कञ्चनपुरको गुलरिया पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

२०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएको विपिनको हत्या गरिएको थियो । उहाँको शव आइतबार इजरायलले नेपालतर्फ पठाएको थियो । दुई वर्षसम्म जीवित रहेको र सकुशल फर्कने आश गरिएको विपिनको लक्ष्मी पूजाको दिन शव आएपछि पूरै देश नै स्तब्ध भएको छ । 

प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्