कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै मौसम प्रणालीको खास प्रभाव छैन ।
आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ ।
कोशी, कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना भने रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज रातिको समयमा भने देशभरको मौसम मुख्यताया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार












