प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्दै



काठमाडौँ, कार्तिक ४ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा प्रधानमन्त्री कार्कीले आज दिउसो ४ बजे राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले ७ वटा दलका नेताहरूसँग छलफल गर्नेछिन् ।

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्