आज कार्तिक कृष्ण औँसी, तर छैन तिहारको कुनै पनि पर्व



काठमाडौँ । कार्तिक कृष्ण औँसी भए पनि मंगलबार तिहारका कुनै पनि पर्व परेको छैन ।

सामान्यतया कार्तिक कृष्ण औँसीको रात्रिमा लक्ष्मीपूजा गर्ने परम्परा छ । तर औँसी तिथि दिउँसो नै लागेको भन्दै सोमबार (साँझ) नै लक्ष्मीपूजा गर्न पञ्चाङ्ग निर्णायक समतिले निर्देश गरेको थियो। त्यसैले धेरैले मंगलबार बिहान कुकुरपूजा गरी राति लक्ष्मीपूजा गरे।

मूल वैदिक परम्पराका अनुयायीले भने तिथि नटुट्ने भन्दै मंगलबार नै लक्ष्मीपूजाको तयारी गरेका छन्। यस्तै काठमाडौँ उपत्यकाका नेवार समुदायमध्ये कतिपयले सूर्योदय हुँदाकै तिथिमा कर्म गर्ने भन्दै मंगलबार नै लक्ष्मीपूजा गर्ने भएका छन्।

समितिले भने मंगलबार तिहारअन्तर्गतका कुनै पनि कर्म गर्न नसकिने बताएको छ । बुधबार नै गाई गोरुपूजासहित गोवर्धनपूजा गर्न समतिले भनेको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्