सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला



भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१, लोकन्थलीस्थित सुकुम्वासी बस्तीमा प्रहरीले ७ राउन्ड गोली फेला पारेको छ।

बेवारिसे अवस्थामा भेटिएको गोलीमध्ये थ्रिनट थ्रि राइफलका ५ राउन्ड र एसएलआरका २ राउन्ड हुन्।

जिल्ला प्रहरीका अनुसार यी गोलीहरू जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल समूहले लुटेको हुन सक्ने आशंका छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्