पश्चिमी क्षेत्रमा वायुको प्रभाव, कस्तो रहला मौसम ?



काठमाडौं, कार्तिक ५ । हाल पश्चिमी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

उक्त वायुको प्रभावले आज (बुधबार) कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागका एक–दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

तिहारको टीकाको दिन बिहीबार पनि आजको जस्तो मौसम रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्