कर्णालीमा हाम फालेकी किशोरीको शव ८ दिनपछि फेला



‎‎सुर्खेत, कार्तिक ५ । कर्णाली नदीमा हाम फालेर बेपत्ता भएकी कालिकोटको नरहरिनाथ गाउँपालिका–७ माल्कोटकी १५ वर्षीया सिर्जना बटालाको शव फेला परेको छ ।

असोज २८ गते साँझ करिब ७ बजे कर्णाली करिडोर अन्तर्गत खुलालु पुलबाट हाम फालेकी उनको शव ‎मंगलबार बेलुका फेला परेको हो ।

उनको शव अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–१ रफ बुढाबालुवा तल्लो डुङ्गेश्वर नजिकै नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्