चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



चितवन, कार्तिक ५ । चितवनको खैरेनी नगरपालिका–२ जनटोन टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति करिब साढे १२ बजे बागमती प्रदेश ०३–००५ प ४३०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा अन्दाजी २२÷२३ वर्षका युवकको मृत्यु भएको हो । उनको पहिचान भने खुलेको छैन ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्