जलाइएको घरको अवलोकन गर्दै अध्यक्ष ओली
काठमाडौँ, ५ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दम्पतीले जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गर्नुभएको छ ।
अध्यक्ष ओलीसँगै राधिका शाक्य, पोलिटब्युरो सदस्य महेश बस्नेतसहित नेता कार्यकर्ताहरूको सहभागिता थियो ।
अवलोकनको क्रममा अध्यक्ष ओलीले राष्ट्रको नाममा गरिसकिएको घर जलाएर राष्ट्रको सम्पत्ति खरानी भएको बताउनुभएको थियो । उहाँले घरको सबै संरचनालाई स्थलगत अवलोकन गर्नुभएको युवा नेता बस्नेतले जानकारी गराउनुभयो । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एक समूहले अध्यक्ष ओलीको घरमा आगजनी गरेको थियो ।
प्रकाशित मिति: ५ कार्तिक २०८२, बुधबार












