मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते



नारायणगढ, कात्तिक ६ । पूर्वपश्चिम राजमार्गको गोन्द्राङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

टाँडीबाट गोन्द्राङ तर्फ आइरहेको ग १० प ६१२२ नम्बरो मोटरसाइकल बिहीबार बिहान ४ः१५ बजे भरतपुर महानगरपालिका– १२ गोन्द्राङमा दुर्घटना हुँदा तनहुँ देवघाट गाउँपालिका वडा नम्बर २ घर भई हाल नवलपुर गैंडाकोट नगर पालिका वडा नम्बर १ बस्ने वर्ष ४४ को टंकप्रसाद थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडी सवार थिए ।

मोटरसाइक चालक गैंडाकोट नगरपालिका–१ बस्ने वर्ष २६ को केशव घर्ती मगर घाइते भएका छन् । उनको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक बिचमा रहेको डिभाइडरमा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्