करेन्ट लागेर पूर्ववडाध्यक्ष यादवको मृत्यु



रौतहट, कार्तिक ६ । करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर जिल्लाको गौर नगरपालिका–५ का पूर्ववडाध्यक्ष ४२ वर्षीय राम सोगारथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतबारीमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर घाइते भएका यादवको उपचारका लागि लगिएकामा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्