झापामा कुटपिटबाट एक युवकको मृत्यु
झापा, कार्तिक ६ । झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
कुटपिटबाट बिर्तामोड ५ का ३० बर्षीय जगन राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीयका अनुसार राजवंशीको टाउको बाँस प्रहार भएको थियो। हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ६ कार्तिक २०८२, बिहिबार












