आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, कार्तिक ७ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जसका कारण आज (शुक्रवार) सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार












