सोलुखुम्बुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु, कार्तिक ७ । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको माप्य दुधकोशी गाउँपालिका–३ वाकुमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
घटनास्थलमै तीन जना महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृतकहरूको पहिचान पनि खुल्न सकेको छैन।
यद्यपि गाडीमा कति जना सवार थिए भन्ने विवरण खुलेको छैन । सवारी चालक बोल्न नसक्ने अवस्थामा फेला परेका कारण घाइतेको संख्या र यात्रुहरूको विवरण पहिचान हुन बाँकी छ ।
बोलेरो सोलुखुम्बुको महाकुलुङतर्फ जाँदै गरेकाले मृतक र घाइतेहरू पनि सो क्षेत्रकै हुने अनुमान गरिएको छ ।
घाइतेहरूलाई उद्धार गरी सोताङ अस्पताल पठाइएको छ । प्रहरीका अनुसार जिप करिब पाँच सय मिटर तल खसेको थियो ।
प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार












