मापदण्ड विपरीत बिक्री गरिएका औषधि बरामद



काठमाडौँ, ७ कार्तिक । काठमाडौंको टोखाबाट प्रहरीले मापदण्ड विपरीत बिक्री वितरण भइरहेको औषधि बरामद गरेको छ ।

टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री बितरण गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत महाराजगञ्जको टोलीले औषधि बरामद गरेको हो ।

प्रहरीका अनुसार उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतम समेतले सञ्चालन गरेको पाइएको छ ।

स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५० ट्याबलेट, प्रिगेबलिन लेखिएको १०० ट्याबलेट प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल बरामद समेत बरामद गरिएको वृत्तमहाराजगञ्जले जनाएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्