पाँच थान गोलीसहित दुई जना नियन्त्रणमा



काठमाडौं, कात्तिक ८ । प्रहरीले पाँच थान गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

गोलसहित बर्दिया बढैया गाउँपालिका–३ घर भई हाल काठमाडौंस्थित कपनमा डेराकोठा गरी बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई अहिले काठमाडौं मालिगाउँ बस्ने १६ वर्षीय सोनम थापामगर पक्राउ परेको प्रहरीले जनाएको छ ।

जेनजी प्रदर्शनका क्रममा हराएकामध्ये गिरीको साथबाट तीन थान र थापामगरको साथबाट दुई थान गोली बरामद गरिएको छ । उनीहरूलाई कोटेश्वर प्रहरी प्रभागले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

पक्राउ परेका गिरी र थापामगरले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त दरबार मार्गबाट उक्त गोली चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्