रुपन्देहीका १० उद्योगको विद्युत लाइन काटियो



बुटवल, कार्तिक ८ । नेपाल विद्युत प्राधिकरणले बुटवल–भैरहवा औद्योगिक करिडोरका १० उद्योगमा शुक्रबार साँझदेखि विद्युत लाइन काटिदिएको छ ।

प्राधिकरणले पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, भलबारी स्वचालित चामल कारखाना, घराना फुड्स्, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट,र श्याम प्लास्टिक उद्योगको लाइन काटेको हो ।

उद्योगीहरुले ट्रंक लाइनबाट विद्युत् खपत गर्ने सम्बन्धमा कुनै माग नै नगरेको, प्राधिकरणसंग कुनै सहमति तथा सम्झौता पनि नभएको बताउँंदै बक्यौता तिर्न अस्वीकार गर्दै आएका थिए ।

चार वर्षसम्म अतिरिक्त महसुलको बिल नआएको र नियमित महसुल तिर्दै आएको अवस्थामा चारवर्षपछि ६७ प्रतिशत महँगो महसुल जोडेर बिल पठाउंदा आफूहरु अन्यायमा परेको उनीहरुको भनाई छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्