प्रहरीका हतकडी र सोको चाबीसहित एक जना पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटपाट भएको प्रहरीको हतकडी र सोको चाबीसहित एक जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त बौद्धले झापाको दमक नगरपालिका वडानम्बर २ घर भई हाल काठमाडौंको बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनलाई यही कात्तिक ८ गते बेलुकी ७ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ दक्षिण ढोकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार












