मन्त्रिपरिषद् विस्तार गरिँदै, को–को बन्दैछन् मन्त्री ?
काठमाडौँ, कार्तिक ९ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् ।
बालुवाटार स्रोतका अनुसार कार्कीले आज चार मन्त्री थप्न लागेकी हुन् । जसमा डा. सुधा गौतम, खगेन्द्र सुनार, गणपतिलाल ?ेष्ठ र बब्लु गुप्ता छन् ।
गौतम स्वास्थ्य तथा जनसङ्ख्या, सुनार श्रम तथा रोजगार, श्रेष्ठ पर्यटन र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन लागिएको बताइएको छ ।
नयाँ बन्ने चारै मन्त्रीलाई आजै शपथ खुवाउने तयारी पनि गरिएको छ ।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार












