नवलपरासी कारागारबाट फरार कैदी पाल्पामा पक्राउ



बुटवल, कार्तिक ९ । जिल्ला कारागार नवलपरासीबाट फरार रहेका कैदी पाल्पाबाट पक्राउ परेका छन् ।

प्रहरीले लागु औषध मुद्दामा नवलपरासी कारागारमा रहेका कास्की पोखरा महानगरपालिका वडा नं. २१ बस्ने २८ वर्षीय श्याम मगर भनिने समीर गुरुङलाई पक्राउ गरेको हो ।

जेनजी आन्दोनका क्रममा भदौ २४ गते कारागारबाट फरार भएका उनलाई पाल्पाको तानसेन नगरपालिका वडा नं. १० साङिखोलाबाट पक्राउ गरिएको प्रहरील्े जनाएको छ ।

ससुराली घरमा लुकिछिपी बसेका गरूङलाई आइतबार बिहान सवा ३ बजेतिर प्रहरी चौकी प्रभासको टोलीले पक्राउ गरेको हो । उनलाई जिल्ला कारागार पाल्पामा पठाइएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्