मन्त्री बन्न लागेका सुनार साइबर अपराधमा पनि फरार अभियुक्त
काठमाडौं । आज मन्त्री बन्न लागेका खगेन्द्र सुनार फरार अभियुक्त भएको खुलेको छ। साइबर अपराध मुद्दामा पक्राउ पूर्जी जारी भएर पनि उनी फरार छन्।
अधिवक्ता मनिषा गौतमको जाहेरीका आधारमा प्रहरीले सरकारी वकिलमार्फत दायर गरेको साइबर अपराधको मुद्दा जिल्ला अदालत काभ्रेमा विचाराधिन छ।
अदालत स्रोतका अनुसार उनलाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेकोमा उनी उपस्थित भएका छैनन्। काभ्रे प्रहरीले गत २ साउनमा उनीविरुद्ध मुद्दा दायर गरेको छ ।
सुनारविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा परेपछि सुनारले अधिवक्ता गौतमविरुद्ध फेसबुकमा गालीगलौच गरेर लेखेका थिए। त्यसविरुद्ध उनले साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन्।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार












