उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौँ, कार्तिक १० । हाल देशमा पश्चिमी वायू र अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही भागमा मौसम बदली रहनेछ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने छ ।

सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक÷दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षा÷हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्