जात्राका लागि चार दिन सार्वजनिक बिदा



बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाले जात्राका लागि चार दिन सार्वजनिक बिदा दिएको छ ।

शिवनाथ गाउँपालिकास्थित शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको लागि गाउँपालिकाले चार दिन बिदा दिने निर्णय गरिएको हो ।

गाउँपालिकामा अध्यक्षस्तरीय निर्णयले यही कार्तिक ११ र १२ तथा कार्तिक १८ र १९ गते सार्वजनिक बिदा दिने भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।

यो मेलामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरू पनि पुग्ने गर्दछन् ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्