श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
धनगढी । कैलालीको जोशीपुर गाउँपालिका–३ बाट श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
घरायसी विवादका क्रममा ३५ वर्षीया सुनितादेवी कठरियाले ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको हथौडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार राति करिब ११ बजेतिर विवाद हुँदा सुनिताले श्रीमानमाथि हथौडाले प्रहार गरेकी थिइन् ।
गम्भीर घाइते भएका लखनलाललाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार












