दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु



दार्चुला, कार्तिक १० । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको महाकाली नगरपालिका–४ बांगाबगरमा आइतबार दिउँसो १२ बजे भएको दुर्घटनामा सोही ठाउँका ७० वर्षीय मिलन लुहारको मृत्यु भएको हो ।

ब्यास गाउँपालिका–३ सिना बस्ने ३८ वर्षीय कल्याण सिंह धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०४–०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा लुहारलाई ठक्कर दिँदा उनी घाइते भएका थिए ।

उनको धनगढीको माया मेट्रो अस्पतालमा लैजान रेफर गरिएको थियो । गोकुलेश्वर पुगेपछि घाइते लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्