होस्टलमा स्वीप अपरेसन गर्दा फेला पर्‍यो हत्कडीदेखि प्रहरीको लौरोसम्म



काठमाडौं । होस्टलमा स्वीप अपरेसन गरेर प्रहरीले हत्कडी, प्रहरीको लौरोसमेत बरामद गरेको छ ।

आइतबार दिउँसो प्रहरीले काठमाडौं महानगरपालिका-३२ सुविधानगरमा रहोके सम्पदा ब्वाइज होस्टलको बी ब्लक र सोही होस्टलको प्रयागमार्गस्थित ए ब्लकमा स्वीप अपरशेन चलाएको थियो ।

सो क्रममा ए ब्लकबाट हत्कडीसहितका सामान बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीले बताए ।

उक्त होस्टलबाट दुई थान हत्कडी, एपीएफको बडी प्रोटेक्टर, हार्ड डिस्क र प्रहरीको लौरो बरामद गरेको छ ।

प्रहरीको सरसामान भेटिएपछि होस्टल वार्डेन २४ वर्षीय गोविन्दकुमार ठाकुरलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्