देशभरको मौसम बदली, यी स्थानमा वर्षाको सम्भावना
काठमाडौँ, कार्तिक ११ । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसले गर्दा आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपात÷वर्षा तथा बाँकी तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपात÷वर्षाको पनि सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ ।
गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार












