जेन जी आन्दोलनमा ज्यान गुमाएका मध्ये ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय, सूचीसहित



काठमाडौँ १७ कात्तिक । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी प्रदर्शनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना नागरिकलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

सञ्चार मन्त्री खरेलले गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट भएको अध्ययनको आधारमा ४५ जना व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय भएको पनि बताउनुभयो ।

यस्तै विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम ५ करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार मन्त्री खरेलले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोक्ने र बेपता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप कोष नियमावली २०८२ स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ ।

क्र.सं.नाम, थरठेगाना
बुद्धिबहादुर तामाङकिर्तिपुर-२ काठमाडौं
सन्तोष बिश्वकर्माबेलका-४ उदयपुर
सुलभ राज श्रेष्ठनेपालगञ्ज-१ बाँके
श्रीयम चौलागाईबेलबारी-११ मोरङ
ईस्वत बहादुर अधिकारीकामपा-११ काठमाडौं
आयुष थापानेपालगन्ज-१ बाँके
गौरब जोशीधनगढी-५ कैलाली
योग बहादुर श्रेष्ठबारविसे-६ सिन्धुपाल्चोक
माधव सारू मगरभूमिकास्थान-४ अर्घाखाँची
१०बिमल बाबु भट्टबारपाक सुलिकोट-५ गोरखा
११असहाव आलम ठकुराईविरगंज-१२ पर्सा
१२सौरन किशोर श्रेष्ठबाग्लुङ-४ बाग्लुङ
१३सुभाष कुमार बोहराखप्तडछान्ना-७ बझाङ
१४रसिक खतिवडा खत्रीपनौति-१० काभ्रे
१५बिनोद महर्जनललितपुर-७ ललितपुर
१६दिल नारायण तामाङतिमाल-७ काभ्रे
१७योगेन्द्र न्यौपानेगोलान्जोर-१ सिन्धुली
१८अभिषेक श्रेष्ठइनरुवा नपा-६ सुनसरी
१९मोहन सरदारइटहरी-१४ सुनसरी
२०छत्रमान कुथुमीपाख्रिबास-२ धनकुटा
२१ओझन बुढास्वामिकार्तिक खापर-२ बाजुरा
२२साजन राईधरान-२२ सुनसरी
२३अनिश पराजुलीपालुङटार-३ गोरखा
२४सारकुमार राईचौदन्डीगढी-३ उदयपुर
२५अर्जुन भट्टगण्डकी-४ गोर्खा
२६धिरज श्रेष्ठतादी-३ नुवाकोट
२७देव कुमार सुवेदीलालबन्दी-५ सर्लाही
२८उमेश महतचौतारा साँगाचोकग-८ सिन्धुपाल्चोक
२९प्रविण कुलुङसिलिचुङ-३ संखुवासभा
३०निखिता गौतमकालिका-८ चितवन
३१अभिषेक चौलागाईशैलुङ-४ दोलखा
३२बिजय चौधरीलहान-१५ सिरहा
३३भिम राज धामीदुर्गाथली-१ बझाङ
३४निरज पन्तदशरथ-६ बैतडी
३५दीपक सिंह साउदशिवनाथ-२ बैतडी
३६शुभराज बलामी श्रेष्ठककनी-१ नुवाकोट
३७ज्ञानिन्द्र सेढाईअर्जुनधारा-११ झापा
३८दिनेश राजवंशीअर्जुनधारा-ड झापा
३९कमल भण्डारीहिलिहाङ-२ पाँचथर
४०दिपेश सुनुवारतिनपाटन-६ सिन्धुली
४१महेश बुढाथोकीविगु-३ दोलखा
४२लच्छुमान राईपञ्चकन्या-२ नुवाकोट
४३मिलन रायदुधौली-८ सिन्धुली
४४अमृत गुरुङरुपा-५ कास्की
४५उत्तम थापालेकाम-३ दार्चुला

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्