लेस्टर सिटीको विजयी यात्रा कायम



काठमाण्डौ,चैत्र २३

गएको वर्ष असम्भव मानिएको प्रिमियर लिगको उपाधि दिलाउने प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछिका खेलमा राम्रो प्रदर्शन गर्दै आएको लेस्टर सिटीले त्यसलाई निरन्तरता दिएको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटीले प्रशिक्षक क्रेग शेक्सपियरको प्रशिक्षणमा विजयी यात्रा कायम राख्यो । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले सन्डरल्याण्डलाई २–० ले हरायो ।

उसको जितमा इस्लामा स्लेमानी र जेमी भर्डीले गोल गरे दुवै गोल दोस्रो हाफमा भएको हो । ६९ औं मिनेटमा स्लेमानीले गोल गर्दै अग्रता दिलाए ।

७८ औं मिनेटमा भर्डीले गोल गर्दै २–० को जित निश्चित गरे । यो लेस्टरको लिगमा लगातार पाँचौं तथा समग्रमा लगातार छैटौं जित हो । जितपछि दशौं स्थानमा उक्लिएको लेस्टरको ३० खेलबाट ३६ अंक भएको छ ।

पुछारको सन्डरल्याण्डको ३० खेलबाट २० अंक छ । अरु खेलमा वाट्फोर्डले वेष्ट ब्रोमलाई २–० तथा बर्नलीले स्टोक सिटीलाई १–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News