सुदूरपश्चिम रोयल्सद्वारा अष्ट्रेलियाका ब्याट्सम्यान ब्राउन अनुबन्धित



काठमाडौँ । सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चौथो विदेशी खेलाडीको रुपमा अष्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ । 

ब्राउनले बिग बास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । टी–२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका थिए ।

जोस ब्राउनले टी–२० क्रिकेटमा सर्वाधिक १४० रन बनाएका छन् । 

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्