बक्यौता तिरेपछि चार उद्योगको लाइन पुनः जोडियो



काठमाडौँ, कार्तिक १८ । डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुलको बक्यौता रकम तिरेपछि रुपन्देहीमा सञ्चालित चार उद्योगको विद्युत लाइन पुनः ज्डान गरिएको छ ।

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् ।

पहिलो किस्ता तिरेपछि उद्योगहरुको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् ।

पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैर्या बक्यौता रहेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्