न्याय माग्दै हितेन्द्रदेव सर्वोच्च अदालतमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन्।
सरकारले आफूलाई अन्यायपूर्ण रूपमा पदबाट हटाइएको दाबी गर्दै उनले सोमबार अदालतमा रिट दायर हुन्।
शाक्यलाई अघिल्लो सरकारले चार वर्षको कार्यकालका लागि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। तर, जेन–जी आन्दोलनपछि गठन भएको नयाँ सरकारले ऊर्जामन्त्री कुलमान घिसिङको निर्णयमा उनलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञका रूपमा सरुवा गरेको थियो।
शाक्यले आफूलाई सुनुवाइको अवसर नै नदिई जिम्मेवारीबाट हटाइएको दाबी गरेका छन् ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार












