माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं, कार्तिक १८ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
बैठकले नेकपा एकीकृत समाजवादीसहित विभिन्न ९ दलबीच एकताका लागि भएको सहमति अनुमोदन गर्नेछ । पार्टीहरूबीचको एकता घोषणा बुधबार दिउँसो १ बजे भृकुटीमण्डमा हुँदैछ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हुन लागेको हो ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार












