ओलीपछि झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै



काठमाडौं, कार्तिक १९ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आज माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन् ।

आफ्नी पत्नी जेन–जी आन्दोलनमा घाइते हुँदा नेताहरूले देखाएको सद्भाव र मायालाई धन्यवाद दिनका लागि नेताहरूलाई भेट्न लागेको उनले बताएका छन् ।

खनालले हिजो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूलाई देखाएको माया र सद्भावप्रति धन्यवाद दिएका थिए ।

एकीकृत समाजबादी पार्टी माओबादी केन्द्रसहितको आठ दलीय एकता प्रक्रियामा गएको अवस्थामा असन्तुष्ट खनालको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्