आजको मौसम : यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं, कात्तिक २० । हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसले गर्दा आज (बिहीबार) बिहान देशका तराई भूभागका विभिन्न स्थानहरूमा छिटपुट वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्