भन्सार छली गरी ल्याइएका रु २४ लाखका मोबाइल बरामद
लुम्बिनी, १४ असार । नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब रु २४ लाख बराबरका मोबाइल फोन बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट रु २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको हो।
बरामद गरिएका मोबाइल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












