कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं, कार्तिक २० । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशन, समसामयिक राजनीति लगायत विषयमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ । पार्टीको महाधिवेशनका विषयमा केन्द्रीय सदस्यहरू विभाजित छन् ।
केही केन्द्रीय सदस्यले पार्टीको नियमित महाधिवेशन आगामी मंसिर–पुसमा गर्नुपर्ने धारणा राखेका छन् भने केहीले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन पछि गर्नुपर्ने बताएका छन् ।
केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् ।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार












