एनआइसी एसिया बैंकका नवनियुक्त सिइओ शाक्यले सम्हाले कार्यभार



काठमाडाैं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले कार्यभार सम्हालेका छन् ।

सिइओ शाक्यले आजदेखि (कार्तिक २०) आफ्नो कार्यभार सम्हालेका हुन् ।

गत कार्तिक १७ गते सम्पन्न बैंककाे सञ्चालक समितिकाे ७३७ औं बैठकले शाक्यलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्