खातामा प्यान र ईमेल अद्यावधिक गर्न एनआईसी एशियाको अनुरोध
काठमाडौँ २५ कात्तिक । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप मा रहेको PAN Update विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार
















