आज कस्तो रहला देशभरको मौसम ?



काठमाडौँ, कार्तिक २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानहरूमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा आकाश सफा रहनेछ ।

यस्तै आज राति पनि कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्य रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्