नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह लगाएका छन् ।
गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव रामेश्‍वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (फुली) लगाइदिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई ३३ औं आईजीपीमा बनाउने निर्णय गरेको थियो ।

आईजीपी चन्द्र कुवेर खापुङको ३० वर्षे सेवा अवधि बुधबार सकिएर उनी अनिवार्य अवकाशमा गएका थिए।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्