कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं, कात्तिक २८ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
त्यसैगरी, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छ भने केही स्थानमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार












