हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ



हेटौंडा, कार्तिक २८ । हेटौँटा उपमहानगरपालिका–५ सानोपोखराबाट ठूलो परिमाणको लागूपदार्थसहित पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले सानोपोखराबाट प्रतिबन्धित लागूपदार्थ ट्रामाडोल ८३०० पिस क्याप्सुलसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मकवानपुरको बकैया गाउँपालिका–१२ का १९ वर्षीय अशोक स्याङतान, हेटौंडा–१७ का २० वर्षीय प्रवेश बरैली, हेटौंडा–४ का २० वर्षीय निशान कोईराला, हेटौंडा–२ का ३५ वर्षीय बक्सर भन्ने राजिब लामा र मकवानपुरगढी गाउँपालिका–२ का २३ वर्षीय दिपेश संजेललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विहीबार बिहान करिब १० बजे सानोपोखरामा लागूपदार्थको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई रितपूर्वक खानतलासी गर्दा बिक्री वितरणका लागि लुकाइछिपाई राखिएको अवस्थामा ट्रामाडोल ८३०० पिस बरामद गरेको जनाएको छ । साथै, उनीहरूबाट ना.३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नम्बरका दुई वटा मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्