मधेशी उपसभामुख राउतले छाडिन् सरकारी आवास, असुरक्षा बढ्यो



जनकपुरधाम, कार्तिक २८ । मधेस प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरले सुरक्षाको कारण देखाउँदै सरकारी आवास छोडेकी छन् ।

प्रदेशसभामा तीव्र राजनीतिक तनाव सिर्जना भएपछि उनले जनकपुरधामस्थित प्रदेशसभा भवनभित्रको आवास छाडेकी हुन् । उपसभामुख राउतले सुरक्षा निकायको सुझावअनुसार आवास छोडेको बताएकी छन् ।

मधेश प्रदेशमा हाल सभामुखविरुद्ध दर्ता भएको ‘पदअनुकूल आचरण नगरेको’ प्रस्तावपछिको माहोल असहज बनेको छ ।

उनका अनुसार अहिले उनी जनकपुरधामकै निजी निवासमा अस्थायी रूपमा बसोबास गर्नेछिन् ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्