आजको मौसम : यी तीन प्रदेशमा आंशिक बदली
काठमाडौं, कार्तिक २९ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण पछिल्ला केही दिनयता देशभर मौसम सफा रहँदै आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि मौसम सफा रहनेछ ।
आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।
त्यस्तै आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार












